काठमाडौँ। दुई पक्षबीच विवाद चर्किएपछि स्थगित भएको नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र अब आगामी फागुन १ गतेबाट सुरू हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि रोकिएको उक्त एमाले धादिङ अधिवेशन फागुन १ गतेबाट सुरू हुने भएको एमाले निकट स्रोतले जनायो।
अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आइतबारदेखि अवरूद्ध भएको बन्दसत्र फागुन १ गते बिहान ११ बजेबाट सुरू गर्ने जानकारी दिएका छन्।
‘एमाले धादिङको नवौं जिल्ला अधिवेशनको २०८० माघ २१ गते देखि सुरू भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरू गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्दसत्र सुरू हुने जानकारी गराउँछु,’ देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिनिधि मनोनयन र अध्यक्ष मण्डल बनाउँदा नै विवाद भएपछि अधिवेशन आइतबारदेखि अवरूद्ध छ।
विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएपछि अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराज, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा सहितका नेतालाई बालकोट बोलाएका थिए।
आइतबार राति एक बजेसम्म भएको छलफलमा अधिवेशनमा देखिएको विवाद समाधान गर्न संगठन विभागले दुई जना प्रतिनिधि खटाउने सहमति भएको थियो भने बन्दसत्र मंगलबारबाट सुरू गर्ने समझदारी भएको थियो।
अध्यक्ष ओली निवास बालेकाटमा भएको छलफलअनुसार सोमबार संगठन विभागले जिल्ला कमिटीको माइन्युट, प्रतिनिधि छनोटका कागजात झिकाएर अध्ययन थालेको थियो।
एमाले धादिङमा अध्यक्ष ओलीनिकट दुई गुटको लडाइँ छ। अध्यक्षमा मौजुदा अध्यक्ष त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन्। दुवै जनाले समूह बनाएर प्रतिस्पर्धाको तयारी गरेपछि पाँच प्रतिशत प्रतिनिधि मनोनीतको विषय विवादको रूपमा देखा परेको थियो।
जिल्ला कमिटीले इन्चार्ज धर्मदत्त देवकोटाको नेतृत्वमा अध्यक्ष मण्डल बनाएको थियो। बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अध्यक्ष मण्डलको अध्यक्षता आफैं गर्न खोजेपछि विवाद सुरू भएको त्रिपाठी समूहले आरोप लगाएको छ।
अध्यक्ष मण्डल र प्रतिनिधि विवाद नसल्ट्याइ अधिवेशन सुरू गरेको भन्दै अधिकारी समूह नाराबाजी र धर्नामा उत्रिएपछि झडपको स्थिति सिर्जना भएको, एक जना कार्यकर्ताको हात भाँच्चिएको प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्तिमार्फत् जनाएका थिए।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend