Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शान्तिवाटिकामा धर्नामा बसेकालाई नगर प्रहरीले लखट्यो


    मंगलबार, माघ २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरीय प्रहरीले शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई हटाएको छ । आज बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई लछारपछार गर्दै हटाएको पीडितहरुले बताएका छन् ।

    शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए ।

    मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको केन्द्रीय सदस्य आकाश क्षेत्रीले भने, ‘हामी करिब २५ जना बसिरहेका थियौं । आज बिहान करिब साढे ८ बजेतिर महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरीहरु आएर हाम्रो सामान फालिदियो । पकाएको भात पनि खान दिएन । दुर्व्यवहार पनि गर्‍यो ।’

    उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो ।

    यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार