Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदीप ज्ञवाली भन्छन्- एमालेले सरकार बदल्न छलफल गरिरहेको छ


    शनिबार, माघ २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तनको समय आएको बताएका छन्।

    पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिलेको सरकारले जनतामा निराशा मात्रै थपेकोले यो सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताए ।

    सरकार बदल्नका लागि एमालेले विभिन्न दलहरूसँग छलफल गरिरहेको पनि ज्ञवालीले बताए ।

    उपमहासचिव ज्ञवालीले भने,‘अब सरकार बदल्नु अपरिहार्य छ । तर बदल्ने बाटो भनेको संसद् भित्रको अंकगणित नै हो । एमालेले चाहेर मात्रै सरकार बदलिने अवस्था छैन, हामी अंकगणितमा पछाडि छौँ । हाम्रो संसद्को अंकगणित परेसान गर्ने खालको छ। हामीले विभिन्न दलहरूलाई अपिल गरिरहेका छौँ । देशको यस्तो स्थितिमा पनि दुख्दैन भने लज्जास्पद भयो । अर्थतन्त्र बिग्रेको बनाउन सकिएला, तर देश बन्दैन भन्ने जुन भाष्य बनेको छ, देश छोड्ने अवस्था बनेको छ उनीहरूलाई फर्काउन गाह्रो पर्छ । यो अवस्थाप्रति जिम्मेवार बनौँ भनेर आग्रह गरेका छौँ।’

    एजेन्डा मिल्ने दलहरूसँग सहकार्य गरेर जाने उपमहासचिव ज्ञवालीले बताए । उनले कांग्रेस र माओवादीबिच अव भिन्नता नरहेको तर्क पनि गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार