Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धन सरकार बन्ने वित्तिकै विकासका योजना काटिए : ओली


    बुधबार, माघ १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बन्ने वित्तिकै विकासका सबै योजना काटिएको बताएका छन् ।

    सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताए। उनले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताए।

    अध्यक्ष ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोप समेत लगाए। अध्यक्ष ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको बताए ।

    देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका अध्यक्ष ओलीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार