Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रघुजी पन्तको गुनासो- मिडिया आर्थिक मन्दीको मारमा छ


    सोमबार, माघ १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले आर्थिक मन्दीको मारमा मिडिया परेको गुनासो गरेका छन् ।

    सोमबार सार्वजनिक प्रशारण विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा बोल्दै उनले विज्ञापन घट्दा मिडिया समस्यामा परेको बताए । उनले यसलाई समेटेर सरकारले नीति नियम बनाउनुपर्ने धारणा राखे ।

    सांसद पन्तले दुई/चार मिडियाबाहेक अन्य मिडियाले कर्मचारीलाई तलब खुवाउन नसकेको बताए । पीडामा श्रमजीवी पत्रकार परेको धारणा उनको थियो ।

    “यहाँ भएका केही पत्रकारबाहेक अधिकांशले महिनौ तलब पाउनुभएको छैन, साथीहरूले नभने पनि,” उनले भने, “विज्ञापनको मारमा सञ्चारमाध्यम छ । अनलाइनमा पनि विज्ञापन छैन र फेसबुकमा गएको छ । सरकारले यसलाई समेटेर ऐन बनाउनुपर्छ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार