Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर


    शुक्रबार, माघ १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले नेताहरूकाे जिम्मेवारी हेरफेर गरेकाे हाे ।

    जसअनुसार लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोमप्रसाद पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ । यसैगरी गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सह इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई प्रदेश अध्यक्षमा मनोनयन गरेको छ । सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गर्दै, सचिवको जिम्मेवारी अशोक कोइरालाले पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार