Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक


    सोमबार, बैशाख २४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।

    बैठकमा संसद अधिवेशन बारे छलफल हुने बताइएको भए पनि जसपा नेपाल विभाजित भएपछि विभाजनको भय एकीकृत समाजवादीमा पनि देखिएको मिडियामा समाचार आएपछि बैठक बोलाइएको बुझिएको छ ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन पहल गरेपछि सशंकित भएको सत्ता समीकरण आफ्नो बहुमत पुर्याउन र वैकल्पिक गठबन्धनको विकल्प समाप्त पार्न जसपा विभाजन गरिएको विश्लेषण भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार