Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म अस्थिर छैन, गतिशील छु : प्रधानमन्त्री प्रचण्ड


    आइतबार, असार १७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफ्नो बारेमा ‘अस्थिर’ भनेर टिप्पणी गरेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

    आइतबार एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू अस्थिर नभएर गतिशील रहेको दाबी गरेका छन् ।

    उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद भएको बताउदै आफु अस्थिर नरहेको जिकिर गरे । उनले भने- ‘आज नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रियामा गयो । प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो ।’

    साथै उनले किलोजस्तै ठोकिएर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरीजस्तो मार्क्सवाद हो ? भन्दै प्रश्न समेत गरेका थिए । उनले अगाडी भने- ‘माओवादी आन्दोलनसँग जोडिएका साथी, यहाँ विप्लवजी पनि हुनुहुन्छ। एक ठाउँमा बस्ने भन्ने हुँदैन। हामी दौडिराख्या हुन्छौं, हामी दौडिराख्या हुन्छौं ।’

    कार्यक्रममा उनले नेकपा(एस) र नेकपा(माओवादी केन्द्र) एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार