Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खुलामञ्चमा फुटबल मैदान बनाउँदै महानगर


    बिहिबार, पुष २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले अब खुलामञ्चलाई फुटबल मैदान बनाउने योजना अघि सारेको छ । दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिसकेको थियो ।

    यसअघि महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो । त्यसका लागि कार्यपालिका बैठकमा सहमति पनि जुटाएको थियो । तर, सर्वत्र विरोध भएपछि तत्कालका लागि पछि हटेको थियो । त्यसपछि पार्क बनाउने भन्दै महानगरले खुलामञ्चमा ताला लगाउँदै आएको छ ।

    अब भने फुटबल मैदानका रूपमा सधैँका लागि खुलामञ्च खोल्ने योजना बनाएको छ । त्यहाँ पार्क पनि हुनेछ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार खुलामञ्चमा तालिम दिन मिल्ने गरी दुबो कार्पेटसहित दुईवटा फुटबल मैदान बनाइनेछन् । याे समाचार आजको नयाँ पत्रिकामा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार