Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको सचिवालय बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्ने


    शुक्रबार, पुष २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बैठक बस्न लागेको हो। बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

    बैठकमा झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल हुने सचिवालयले जनाएको छ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार अपरान्ह प्रदेश कमिटी पदाधिकारीहरूसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार