काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बहस असान्दर्भिक भएको टिप्पणी गरेका छन् । सोमबार मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले राजतन्त्र दरबार हत्याकाण्डका बेलामा नै सकिएको बताए ।
“राजतन्त्रको बहस अब नेपालमा आवश्यकै छैन, किनभने यो सिद्धिसक्यो । दरबार हत्याकाण्डकै बेला सिद्धिएको हो । हामीले त्यति बेला पर्याप्त, उपयुक्त कदम नचाल्ने कमजोरीले अलिक दिन एउटा डमी राजतन्त्र चल्यो,” ओलीले भने, “तमासा देखायो त्यसले, अनि हटाउनुपर्यो ।”
‘अहिले नेतालाई जेलमा हालेर शासन गर्ने राजा ल्याउन खोजेको ? भन्दै उनले प्रश्न गरे । “कस्तो राजा ल्याउन खोजेको ? यी दलहरूले गरेनन्, यी दलहरूलाई जेलमा हालेर चलाउने एकदम तानासाहको राजा बनाउन खोजेको ?,” उनको प्रश्न छ ।
ओलीले ‘सेरेमोनियल’ त राष्ट्रपति रामचन्द्र पौडेल नै रहेको बताए । “संवैधानिक, सेरेमोनियल यस्तो राजा बनाउन खोज्या ? सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि, के गर्छ त राजाले ? गद्दीमा बसेर केही गर्ने त होइन,” ओलीले भने ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend