Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • योगेश भट्टराईले भने- ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य


    सोमबार, पुष ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको दाबी गरेका छन् । नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उनले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताए ।

    सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको समेत उनले जिकिर गरे ।

    सचिव भट्टराईले भने, ‘मानव जातीले आफ्नो ज्ञानको क्रममा ८ सय वर्ष अगाडि हिमालय पर्वतमालाबाट शुरु यो ध्यान शिविर, जसलाई हामीले हिमालय ध्यान शिविर भनेका छौं । यो एउटा मानव जातिका लागि अद्वितीय उपहार हो । यो ध्यान शिविरमा प्रख्यात हुनुहुन्छ शिव कृपानन्द स्वामी । उहाँले समेत हिमालय क्षेत्रमा आफूले ध्यान गरेर थुप्रै अनुभवहरु प्राप्त गर्नुभएको छ । र नेपालको रसुवा जिल्लाको शिवु गाउँमा एउटा गुफाबाट शुरु भएको यो ध्यान शिविरले आज विश्वका ७० भन्दा बढी मुलुकहरुमा प्रभाव छोडेको छ । र नेपाल पनि त्यसको एउटा भाग बनेको छ ।’

    उनले त्यस्ता खालको ध्यान शिविरहरुका लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामूहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार