Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हंसपुरका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    आइतबार, पुष ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिका-१ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष कामेश्वर कापरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोखरी ठेक्काको रकम हिनामिना गरेको भन्दै आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    मुद्दा दायर हुने अन्यमा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी र ठेकेदारहरु मदनकुमार झा र नवीनकुमार चौधरी रहेका छन् ।

    सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैंसँग राखेको पाइएको अख्तियारले जनाएको छ ।

    तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले नगरकार्यपालिकाको बैठकले निर्णयमा नगरेको कुरा गरेको भनी सरकारी कागज सच्याएको अख्तियारले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार