Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तत्काललाई जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय


    मंगलबार, पुष ३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले जिल्ला र नगर अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले तत्काललाई अधिवेशन स्थगित गर्ने निर्णय गरेको हाे ।

    विधान संशोधनबारे छलफल गर्न सोमबार र मंगलबारलाई बोलाएको बैठक पुनः शनिबार बस्नेगरी स्थगन भएको बताइएको छ । माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकले अधिवेशनको मिति तोक्ने जनाइएको छ ।

    आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सोमबार सचिवालय बैठकमा संशोधन प्रस्ताव पेश गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार