Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको बैठकमा विधान संशोधन मस्यौदा पेश


    सोमबार, पुष २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेश भएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको हो ।

    पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका सङ्गठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो ।

    सोही समितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार