काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले झुलाघाट– चिवाभञ्ज्याङ जारी संकल्प यात्रामा अवरोध नपु¥याउन अनुरोध गरेको छ। आज मंगलबारबाट एमालेको संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्दैछ।
घुर्मी हुँदै कोशी प्रदेश प्रवेश गर्न लागेको एमालेको अभियानमा विभिन्न समूहले अवरोध पुर्याउने प्रयास गरेको सूचना पाएको भन्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यस्ता गतिविध नगर्न आग्रह गरेका हुन्।
‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ। यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियानलाई अवरोध गर्ने गरी सडक बन्द, प्रदेश बन्द लगायतका बन्द र अवरोधका कार्यक्रमहरू सार्वजनिक गर्ने भन्ने सुनिन आएको छ। त्यसका निम्ति पार्टीका तर्फबाट औपचारिकरूपमा सबै समूहहरू, पहिचानवादी समूहलगायतका सबैलाई अभियानलाई अवरोध नगर्न बन्द नगर्न, अभियानमा सहयोग पुर्याउनका निम्ति अपिल गर्न चाहन्छु,’ उनले भनेका छन्।
नागरिकको विकास–समृद्धिप्रतिको चाहना-अपेक्षालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने सन्दर्भमा राजनीतिक दलको अभियानमा बाधा नपुर्याउन पनि उनले आग्रह गरेका छन्।
‘छेक्ने, ढुंगामुढा गर्ने, अवरोध सिजर्ना गर्ने, बन्द गर्नेजस्ता असंवैधानिक गतिविधि नगर्न, आफ्ना कुनै असमहति भए औपचारिकरूपमा शान्तिपूर्ण ढंगले राख्ने आफ्ना ठाउँहरू छन्, त्यो ठाउँमा अहसमति राख्न अनुरोध गर्दछौं,’ उनले भनेका छन्।
प्रदेश नामकरणको विषय कोशी प्रदेश सभाको भएको बताउँदै एमाले एक्लैले नगरेको उनको प्रष्टीकरण छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend