Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • यू-१९ एसिया कपमा नेपालले आज भारतसँग खेल्दै


    मंगलबार, मंसिर २६ २०८०
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल युएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार, बिहान ११ः१५ बजे सुरु हुने भएको हाे।

    आईसीसी एकेडेमीको अर्को मैदानमा सोही समयमा पाकिस्तान र अफगानिस्तानबिच खेल हुनेछ । समूहगत चरणको अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना भने प्राविधिक रूपमा मात्र बाँकी छ ।

    नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाललाई अफगानिस्तानले ७३ रनले हराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार