Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू-१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित


    आइतबार, मंसिर २४ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुबईमा जारी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो ।

    नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट भयो।

    नेपालका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन भने सकेनन्। अन्तिम विकेटको रुपमा आउट हुनुअघि अर्जुनले ९१ रन जोडे। उनले १०८ बल खेल्दा १३ चौका प्रहार गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार