Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • यू–१९ एसिया कपमा पाकिस्तानसँग भिड्दै नेपाल


    शुक्रबार, मंसिर २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दैछ । यो खेल दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालको कप्तानी देव खनाल र पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् ।

    नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र तेस्रो खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका २ शीर्ष टिम सेमिफाइनल पुग्नेछन्।

    यू–१९ एसिया कपको ८ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार