Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • ओली भन्छन्- दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक


    सोमबार, मंसिर २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको जिकिर गरेका छन् ।

    झुलाघाट-चिवाभञ्ज्याङ यात्राअन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए ।

    साथै ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको उल्लेख गरे ।

    एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार