काठमाडौं । सहसचिवमा बढुवाका लागि १५ जना उपसचिव सिफारिस भएका छन् ।
लोकसेवा आयोगको बढुवा समितिको बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
उक्त बढुवा समितिले सिफारिस गरेको योग्यताक्रम अनुसार क्रमशः नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम, सहसचिवमा बढुवा हुनेछन् ।
यस्तै ऋषिराम पंगेनी, रामुराज उपाध्याय, राजकपुर चौलागाई, सन्तोषप्रसाद दाहाल, सुर्यबहादुर खत्री, जीवनप्रसाद दुलाल र ऋषिराज आचार्य पनि सहसचिवमा बढुवा हुनेछन् ।
बढुवा सिफारिसमा चित्त नबुझेमा ३५ दिनसम्म बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । यदि उजुरी नपरेमा मन्त्रिपरिषद् बैठकले १५ जनालाई बढुवा गर्नेछ ।

काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौं । सागरनाथ वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको (नदीजन्य पदार्थ) रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको विशाल घिमिरेसमेत भएको राजश्व...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
सुयोग शर्मा काठमाडौं । बरिष्ठ सचिवहरुलाई पाखा लगाएर गरिमामय मुख्यसचिव पदमा पदासिन भएकोमा बिलम्ब भए पनि हार्दिक बधाइ र शुभकामना । कार्यकाल सफल रहोस् ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend