Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जागिरे जीवनमा धब्बैधब्बा लागेका रेग्मीलाई लोकसेवाको अध्यक्ष बनाएपछि…


    मंगलबार, पुष २३ २०८१
    2.7K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले केही दिनअघि भनेको बिषयले निकै चर्चा पाएको छ–‘लोकसेवामा फेल हुने मान्छे ५० पटक परीक्षा दिए पनि फेल नै हुन्छ । पाँच पटक दिँदा पनि फेल भयो भने उसलाई परीक्षामा सहभागी गराइरहनु हुन्न । गाउँमा बाँझो बारी छ खन्न पठाउनुपर्छ ।’ उनको यो भनाइले आम किसानहरुको पनि अपमान भएको छ । सामाजिक सञ्जालमा यो विषयमा बहस सुरु भएको छ । युवाहरु आक्रोसित छन् ।

    उमेरको हद सम्बन्धमा अध्यक्ष रेग्मी आफूलाई साह्रै सादगी कर्मचारी भएको जस्तो गरी प्रस्तुत भएका छन् । तर, उनी बारा जिल्लामा सीडीओ हुँदा के गर्थे ? भन्ने कुराको सानो टिप्पणी नेपाली सेनाका एक महासेनानीको पुस्तकबाटै प्रष्ट हुन्छ । माधवका भाइ कुमार रेग्मीले नेकपा फुटाएर प्रधानमन्त्री केपी ओलीलाई सहयोग गरेपछि त्यसको पुरुस्कारस्वरुप दाजु माधव रेग्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगमा अध्यक्ष बनाएको जगजाहेर छ । जागिरे जीवनमा जति वटा जिल्लाको सीडीओ भए, त्यति घरघडेरी जोडेको आरोप उनीमाथि छ ।

    भूमिब्यवस्था मन्त्रालयमा सहसचिव हुँदा होस् कि सिंचाईमा सचिव हुँदा उनको ध्यान कसरी हुन्छ द्रब्य असुलीमा मात्र केन्द्रित भएको उनका निकट भएर काम गरेका कर्मचारीहरु भलिभाँती जानकार छन् । माग नै नगरी नेकपा फुटाएबापत कुमार रेग्मीका दाजु माधवलाई ओलीले लोकसेवाको अध्यक्ष बनाइदिएका थिए । उनका भाइ सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले ललिता निवासको जग्गा नै भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग लिएको भए पनि उनलाई मुद्दा चलाइएन । उन्मुक्ति दिइयो ।

    ललिता निवासको ११ आना जग्गा कमिसन बापत पाएका सर्वोच्च अदालतका बहालवला न्यायाधीश रेग्मीलाई अख्तियारको कारबाहीबाट प्रधानमन्त्री ओलीकै नामले बचाइयो । उनै अध्यक्ष रेग्मी अहिले बर्बर रुपमा किसानहरु माथि खनिएका छन् । कृषि पेशालाई अति तल्लो स्तरको भनेर प्रचार गरेका छन् । उनीमाथि समाजका अभियन्ताहरुले सामाजिक सञ्जालमा तिव्र रुपमा तीतो पोखेका छन् । तथापि राज्यको करमा उनको कस्तो मोजमस्ती छ भन्ने विगतको केही प्रतिनिधि घटना मात्रै यहाँ दिन खोजिएको छ :

    महासेनानीको डायरी भन्ने पुस्तकको ६६ पेजमा नेपाली सेनाका सेवानिवृत्त महासेनानी लेख्छन्–‘बीरगञ्जमा झापाका एकजना मित्र हुनुहुन्थ्यो बद्री उप्रेती । उहाँ म पनि झापाको हो भन्ने थाहा पाएर भेट्न आइरहनुहुन्थ्यो उहाँको साहुको आयल स्टोर भएकाले अमलेखगञ्ज आयल निगममा आउँदा मकहाँ पस्नुुहुन्थ्यो । एक दिन उहाँको साहु पनि मलाई भेट गर्न आउनुभयो र बीरगञ्जको होटल भिस्वामा डिनरका लागि अनुरोध गर्नुभयो ।

    अवकाशप्राप्त महासेनानी पूर्ण ओलीले लेखेको महासेनानीको डायरीमा माधव रेग्मीको बारेमा यस्तो लेखिएको छ

    मलाई पनि खासै फरक नपर्ने हुनाले उक्त होटलमा खाना खान गएँ । त्यहाँ पुगेपछि ती साहुले सीडीओलाई बोलाउन पाए हुन्थ्यो भने । मैले कलैयामा सीडीओ माधव रेग्मीलाई टेलिफोन गरेँ । उहाँले बेलुकी फर्कन अप्ठ्यारो पर्ला कि भनेपछि मैले त्यहाँको नेपाली सेनाको टोली गस्ती गर्दै आउँछ उनीहरुसँगै आए भइहाल्छ नि भनेपछि उहाँ आउनुभयो र डिनर खायौं । साहु पनि खुशी भए । उनले सीडीओको गार्ड र ड्राइभरलाई पनि खाना ख्वाउने व्यवस्था मिलाएका रहेछन् । उनीहरुले पनि खाना खाए ।

    ड्राइभर र गार्डले काउन्टरमा गएर यहाँको खाना मन परेन भनी रु २००० काउन्टरमा गएर मागेर लिएछन् । तर, पेट्रोलिङका रुपमा आएको सेनाको पेट्रोलले खाना खान नमान्दा कोक दिइएछ । यो पनि ड्युटीमा खाने अर्डर छैन भनेर खाना मानेनछन् । यो कुरा साहुले मलाई पछि भेटेर भने । मैले के सुनेको थिएँ भने सीडीओको गार्ड र ड्राइभरले सीडीओको लागि पैसा जम्मा गर्न मद्दत पु¥याउने गरेका रहेछन् ।’

    तिनै चालकले तस्करी गर्न नदिएको झोकमा बाराका सशस्त्र प्रहरीका तत्कालीन एसपी बलराम पोखरेल र प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईलाई लिएर बाराको पथलैया नजिकै पिकनिक खाएर फर्किदै गरेको ना १ झ १६३३ नम्बरको स्कारर्पियोगाडी जानी जानी दुर्घटना गराएको आरोप लागेको थियो । त्यो घटनामा पनि बहालवाला सचिव रेग्मीले अभियुक्त चालकलाई बचाएको गम्भीर आरोप लाग्यो ।

    लामो समय कोमामा रही निधन भएका सीडीओ भट्टराईका परिवारले उक्त कुरा मिडियालाई बताएका थिए । लामो समय कोमामा उपचार गराउनुपर्दा सीडीओ भट्टराईका परिवारमा चरम आर्थिक समस्या भएको थियो । तथापि यो घटनामा छानविन नै नगरी रेग्मीकै दबाबमा मिलाइएको आरोप छ ।

    छानबिन गर्दा सीडीओका चालकले तस्करी गरी रेग्मीकै घर नजिक अनामनगरमा घर बनाएको पत्ता लागेको थियो । यसरी तत्कालीन सीडीओ र हालका लोकसेवा आयोगका अध्यक्ष रेग्मीका चालकले तस्करी गरी अकुत सम्पत्ति कमाएको पत्ता लागे पनि खाने र ख्वाउनेका लागि स्वर्ग ठहरिएको देशमा कारबाही शून्य बन्दै आयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार