Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै


    मंगलबार, कार्तिक १८ २०८३
    35
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

    बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका प्रस्ताव तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ।

    लामो समयपछि बस्न लागेको मन्त्रिपरिषद्को आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ। नियमित कार्यसूचीबाहेक केही महत्त्वपूर्ण विषयमा समेत निर्णय हुन सक्ने बताइएको छ।

    पछिल्लो समय विकसित राजनीतिक तथा प्रशासनिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने र त्यससँग सम्बन्धित केही निर्णयसमेत हुन सक्ने प्रशासन डटकमलाई सिंहदरबारस्थित विशेष स्रोतले जानकारी दिएको छ।

    यद्यपि, सम्भावित विशेष निर्णयका विषयमा औपचारिक रूपमा कुनै विवरण सार्वजनिक भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार