काठमाडौँ। काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको हो।
महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न पनि व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई अनुरोध गरेको छ। प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने सूचनामा उल्लेख छ।
महानगर प्रहरी बलले नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाहरू सरोकारवाला निकायसँगको समन्वयमा बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको जनाएको छ।
महानगरले नयाँ बानेश्वर, शंखमुल, मध्य बानेश्वर, तिनकुने, सिफल, चाबहिल, कालिमाटी, कलंकी, नयाँ बजार र माछापोखरीलगायत क्षेत्रमा बिक्रीस्थल तोकेको छ।
त्यस्तै हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोंगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, न्यूप्लाजा, लगन, जैसीदेवल र भूतखेलिमण्डप क्षेत्रमा पनि फूल बिक्री गर्न सकिनेछ। महानगर प्रहरी बलले तोकिएका स्थानमा फूल बिक्री वितरणका लागि आवश्यक सहजीकरण गर्ने जनाएको छ।
महानगरले तोकेका बिक्रीस्थलहरू:
– नयाँ बानेश्वरस्थित एनबी सेन्टर
– शंखमुलस्थित बिगमार्ट
– नयाँ बानेश्वरस्थित आईप्लेक्स मल
– मध्य बानेश्वरस्थित सेल्सबेरी
– बत्तीसपुतलीस्थित फोनिक्स टावर
– तिनकुने चौर
– सिफल चौर
– चाबहिलस्थित एसी कम्प्लेक्स
– चाबहिल गणेशस्थानको तरकारी बजार
– चाबहिलस्थित केएल टावर अगाडि
– स्वयम्भूस्थित धर्मचक्र पार्क
– कालिमाटी ब्यांक्वेट
– कालिमाटी चौबल
– कलंकीस्थित भाटभटेनी
– नयाँ बजारस्थित भ्याली कोल्ड स्टोर
– माछापोखरीस्थित बुद्ध महल र गुणस्तर खाल्डो
– हाँडीगाउँ वडा नम्बर ५ को अगाडिको डबली
– हाँडीगाउँ वडा नम्बर ५ को गणेश मन्दिर डबली
– सामाखुसीस्थित कोइराला स्मार्ट
– महाराजगञ्जस्थित सेल्सबेरी
– गोंगबुस्थित बिगमार्ट
– चप्पल कारखानास्थित बिगमार्ट
– बालुवाटारस्थित बिगमार्ट
– कमलादीस्थित आईटी बिल्डिङ
– पुतलीसडकस्थित स्टार मल
– अनामनगरस्थित भाटभटेनी
– टेवहाल मन्दिर परिसर
– सुन्धारास्थित काठमाडौं मल
– न्यूप्लाजास्थित बज्र कम्प्लेक्सको गुडमार्ट
– लगन
– जैसीदेवल
– भृकुटीमण्डप
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ। फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका...
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । थापाले नाम फिर्ता लिने जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका थिए...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend