Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ताप्लेजुङमा योगेश भट्टराई सवार गाडी तोडफोड


    आइतबार, मंसिर १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् ।

    आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई सवार गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ढुंगा लागेर भट्टराई सवार गाडीको अगाडिको सीसा फुटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार