काठमाडौं । सेवा प्रवेश र बढुवामा उमेर र शैक्षिक प्रमाणपत्र विवादमा परेका सैनिक अधिकारीबिरुद्ध जंगीअड्डाले कठोर नीति लिने भएको छ ।
जागिर खान नक्कली प्रमाणपत्र पेस गर्ने र माथिल्लो पदसम्म पुग्न नागरिकतामा जन्ममिति हेरफेर गर्नेहरू कडा सजायको भागीदार हुन थालेका छन् । जसको पछिल्लो उदाहरण हुन्, प्रधानसेनापतिका दाबेदार उपरथी ताराध्वज पाण्डे । नागरिकता विवादमा परेपछि पाण्डेले राजीनामा दिएका छन् । उनको राजीनामासँगै प्रधानसेनापतिको लाइनमा रहेका अर्का उपरथी अशोकराज सिग्देलको पनि जन्ममिति दुईथरी रहेको खुलासा भएको छ ।
स्रोतका अनुसार उपरथी पाण्डेको दुईथरी जन्ममिति रहेको खुलेपछि हाल उनीबिरुद्ध आन्तरिक छानबिन भइरहेको छ । सोही कारण सेनाले रिक्त रथी पदमा बढुवाको सिफारिस गर्न सकेको छैन । शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्म मिति १९ माघ २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेका छन् । यही प्रकृतिको विवादमा ताराध्वज पाण्डेले राजीनामा दिइसकेका छन् । पाण्डेलाई लागू हुने नीति सिग्देलको हकमा लागू हुने हो भने उनले पनि राजीनामा दिनुको बिकल्प छैन । यदि जन्ममिति विवादमा सिग्देलले राजीनामा नदिएमा एउटै कसुरमा कसैलाई ऐन कसैलाई चैन भन्ने उक्ति लागू हुनेछ ।
यसअघि पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा जंगीअड्डाले छानबिन गरे पनि पाण्डे र सिग्देलहरुलाई भने उन्मुक्ति दिइएको थियो । उपरथीबाट बढुवा हुने बेलामा पाण्डे र सिग्देलको पनि नागरिकतामा जन्ममिति फरक रहेको खुल्यो । पाण्डेले राजीनामा दिइसके पनि सिग्देल भने अझै पनि बढुवा हुने दाउमा छन् । यद्यपि जंगी अड्डाले सिग्देलको जन्ममिति विवादका कारण रथी बढुवा प्रक्रिया अगाडि बढाउन आँट गर्न सकेको छैन । जसका कारण नेपाली सेनाको भावी नेतृत्व छनोटमा समस्या देखिएको छ ।
सेनामा रथीका दुईमध्ये एक पद एक महिनादेखि रिक्त छ । रिक्त एक रथीका लागि पाण्डे बाहिरिएसँगै बरिष्ठतम् उपरथी अशोक सिग्देल दाबेदार हुन् । उनको पनि पाण्डेकै जस्तो दुईथरी जन्ममिति भएकाले छानबिन भइरहेको छ ।
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend