काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारत प्रस्थान गरेका छन् ।
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन्, जसका लागि आज उनी भारत प्रस्थान गरेका हुन् । प्रधान सेनापति सिग्देलको भारत भ्रमण टिममा सिग्देलपत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी रहेका छन् ।
प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् ।
सिग्देललाई मंसिर २७ मा भारतिय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ भने इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेठको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा प्रधान सेनापति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनी ३० मंसिरमा स्वदेश फर्कने छन् ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend