Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको गुनासो- युवा पङ्क्तिमा बढ्दो निराशा छ, बाहिर जाने पङ्क्ति बढिरहेको छ


    शनिबार, मंसिर २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सक्रिय युवाको जनसङ्ख्या पर्याप्त रहे पनि युवाहरूमा निराशा रहेको टिप्पणी गरेका छन् । आज काठमाडौँमा भएको एमालेको जनसङ्गठनको विशेष बैठकलाई सम्बोधन गर्दै उनले नेपालको ६० प्रतिशत बढी जनसङ्ख्या सक्रिय रहेको, ४२ प्रतिशत युवा जनशक्ति रहेको भने पनि अहिले समग्र जनशक्तिको १० प्रतिशत युवा बाहिर जाने अवस्था रहेको दाबी गरे ।

    उनले देश देश राजनीतिक अस्थिरता र अराजकतामा गएको बताएका छन् । देशमा आर्थिक अवस्था ओरालोमा लागेको, सामाजिक विशृङ्खलता बढिरहेको सामाजिक सद्भाव बिथोल्ने क्रियाकलाप भइरहेको ओलीले बताएका छन् । सांस्कृतिक हिसाबले देशलाई पतनमा लैजाने प्रयास भइरहेको ओलीले टिप्पणी गरेका छन् ।

    अध्यक्ष ओलीले स्वास्थ्य क्षेत्रमा पनि समस्या रहेको औँल्याएका छन् । उनले भने– ‘स्वास्थ्य क्षेत्रमा कुनै प्रगति छैन, अधोगतिमा लैजाने काम भइरहेको छ । नर्सहरू निष्कासित हुन्छन्, नर्सको आवश्यकता छ देशलाई तर नर्सिङ क्याम्पस बन्द गरिन्छन् र भएका नर्सहरूलाई बाहिर निष्कासित गरिन्छ । डाक्टर पढाउन पहिलादेखि पढाइरहेका केहीले पाएका छन् तर डाक्टर पढाउन, मेडिकल शिक्षा दिन यो देशमा पाइँदैन निषेध गरिएको छ । युवा पङ्क्तिमा बढ्दो निराशा छ, बाहिर जाने पङ्क्ति बढिरहेको छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार