पोखरा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा तीन अर्ब लगानी गरेको भनेर भारतीय मिडियाले अनर्गल प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् । उक्त मिडियाले गल्ती मानेर उक्त अनर्गल प्रचार हटाएको पनि उनले प्रष्ट पारेका छन् ।
लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा जारी भएपछि नै भारतीयहरुले आफ्नोबारेमा जथाभावी अनर्गल प्रचार गरेको उनले बताए ।
“यथार्थ के हो भने, त्यो हाम्रो जमिन हो । हामीले हाम्रो नक्सामा सामेल गरेर छाप्यौँ । त्यसपछि भारतीय सञ्चारमाध्यमले तथानाम, जथाभावी बोल्न थाले । त्यसै सिलसिलामा उनीहरुले बोलेका अनेक अनर्गल कुराहरु, एउटा जी न्यूज भन्ने छ, त्यसले बोलेका अनेक अनर्गल कुराहरुमध्ये एउटा यो पनि थियो कि, कम्बोडियाको दूरसञ्चारमा केपी ओलीले तीन हजार करोड लगानी गरेको छ रे । त्यो पनि एउटा थियो,” ओलीले भने ।
सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा उपस्थित भएका ओलीले एमालेलाई बद्नाम गर्नका लागि मात्रै अनेकौँ हल्लाहरु चलाउने गरिएको बताएका हुन् । कम्बोडियाको टेलिकममा लगानी गरेको भनेर हल्ला फैलाउनुको कारण पनि एमालेलाई बद्नाम गर्नको लागि मात्रै रहेको उनले बताए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend