काठमाडौँ। काठमाडौं महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानका सडकहरू एकतर्फी (वान- वे) बनाउने तयारी गरेको छ।
महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने भएको स्रोतले बतायो।
स्रोतको अनुसार काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर आउने सडकखण्ड एकतर्फी बनाइने छ।
‘त्रिपुरेश्वरबाट ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग सडकखण्डमा प्रवेश गर्न पाइँदैन,’ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले भने ‘त्यस्तै त्रिचन्द्र क्याम्पसबाट गणेशस्थान, प्रज्ञा प्रतिष्ठान भवन हुँदै कमलादी आउने बाटो समेत एकतर्फी बनाइएको छ। जमलको बाटो हुँदै प्रज्ञा प्रतिष्ठान जान पाइँदैन।’
श्रेष्ठका अनुसार पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फ सडकखण्डमा अब प्लाजाबाट बाँया मोड्न पाइने छैन। त्यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ।
यसैगरी सडक संकेत राखेर मात्र सर्वसाधरणलाई जानकारी गराएपछि यस निर्णय कार्यान्वयन गरिने छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend