Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्जिनियर दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    बुधबार, असोज १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले इन्जिनियर रानाभाटविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    उनले ३ करोड १५ लाख ८१ हजार ६६ रूपैयाँ ८० पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

    २०४६ असार ३० गते नियुक्त भएका रानाभाटको २०७९ कात्तिक ६ सम्मको आम्दानी र खर्चको विश्लेषण गर्दा उक्त रकम अवैधरूपमा कमाएको देखिएको अख्तियारले जनाएको छ ।

    अख्तियारले श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरू खरिद, घर निर्माण, शेयर खरिद तथा बैंकमा रकम जम्मा गरेको पाइएकाले बिगो जफत गर्ने प्रयोजनको लागि राधा रानाभाटलाई प्रतिवादी बनाएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार