काठमाडौं। नेकपा एकीकृत समाजवादीको जागरण अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभा भएका छन् । झापाबाट सुरु भएको अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभाहरू सम्पन्न भएको नेकपा एसले बताएकाे छ ।
अभियानको तेस्रो दिन सप्तरीको छिन्नमस्ता, चन्ही, सिरहाको भगवानपुरलगायतका स्थानबाट ६५० भन्दा धेरै पार्टीमा प्रवेश गरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
उनीहरु एमाले, कांग्रेस, माओवादीलगायत विभिन्न पार्टीका रहेको उनले बताए । उनले स्वतन्त्र नागरिकहरुले पनि नेकपा एस रोजेको सुनाए । अघिल्ला २ दिनमा पाँच सयभन्दा बढीले पार्टी प्रवेश गरेको उनले जानकारी दिए ।
उनका अनुसार आजसम्म झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा गरी १३ वटा साना–ठूला सभा सम्पन्न भएका छन् । नवप्रवेशीलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतले स्वागत गरेका छन् ।
सभामा अध्यक्ष नेपालले देशको वर्तमान अवस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्बे अभियान सुरु गरेको बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend