काठमाडौं। नेकपा एकीकृत समाजवादीको जागरण अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभा भएका छन् । झापाबाट सुरु भएको अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभाहरू सम्पन्न भएको नेकपा एसले बताएकाे छ ।
अभियानको तेस्रो दिन सप्तरीको छिन्नमस्ता, चन्ही, सिरहाको भगवानपुरलगायतका स्थानबाट ६५० भन्दा धेरै पार्टीमा प्रवेश गरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
उनीहरु एमाले, कांग्रेस, माओवादीलगायत विभिन्न पार्टीका रहेको उनले बताए । उनले स्वतन्त्र नागरिकहरुले पनि नेकपा एस रोजेको सुनाए । अघिल्ला २ दिनमा पाँच सयभन्दा बढीले पार्टी प्रवेश गरेको उनले जानकारी दिए ।
उनका अनुसार आजसम्म झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा गरी १३ वटा साना–ठूला सभा सम्पन्न भएका छन् । नवप्रवेशीलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतले स्वागत गरेका छन् ।
सभामा अध्यक्ष नेपालले देशको वर्तमान अवस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्बे अभियान सुरु गरेको बताए ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend