Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • संविधान दिवसमा एमालेले राष्ट्रिय झण्डा फहराउने


    सोमबार, असोज १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ । बुधबार संविधान दिवसका दिन नक्सालको नारायणचौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम आयोजना गर्न लागेको हो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक भिडिओ सन्देश जारी असोज ३ गते राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने जानकारी दिएका छन् ।

    अध्यक्ष ओलीले भनेका छन्–‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार