काठमाडौँ। एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर फोरको खेलमा आज बंगलादेश र श्रीलंका मैदानमा उत्रिदै छन्। दुई राष्ट्रबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ।
बंगलादेश सुपर फोरको दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। यस खेलमा जित दर्ता गरेर बंगलादेश फाइनलको सम्भावना बलियो बनाउन चाहन्छ।
सुपर फोरमा पहिलो खेल खेल्दै गरेको साबिकको विजेता श्रीलंका पनि सुखद सुरुआत गर्न चाहन्छ। समूह चरणमा एकै समूहमा रहेका बंगलादेश र श्रीलंकाबीचको खेलमा बंगलादेश पराजित भएको थियो।
श्रीलंका समूह बी को विजेताको रुपमा सुपर फोरमा पुगेको हो। बंगलादेश समूह बी को उपविजेताको रुपमा सुपर फोरमा पुगेको हो।श्रीलंकाले समूह चरणमा बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको छ।
उता, बंगलादेश पहिलो खेलमा श्रीलंकासँग पराजित भएकोमा दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।
सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन्।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend