Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिया कपमा श्रीलंका र बंगलादेश भिड्दै


    शनिबार, भाद्र २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर फोरको खेलमा आज बंगलादेश र श्रीलंका मैदानमा उत्रिदै छन्। दुई राष्ट्रबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ।

    बंगलादेश सुपर फोरको दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। यस खेलमा जित दर्ता गरेर बंगलादेश फाइनलको सम्भावना बलियो बनाउन चाहन्छ।

    सुपर फोरमा पहिलो खेल खेल्दै गरेको साबिकको विजेता श्रीलंका पनि सुखद सुरुआत गर्न चाहन्छ। समूह चरणमा एकै समूहमा रहेका बंगलादेश र श्रीलंकाबीचको खेलमा बंगलादेश पराजित भएको थियो।

    श्रीलंका समूह बी को विजेताको रुपमा सुपर फोरमा पुगेको हो। बंगलादेश समूह बी को उपविजेताको रुपमा सुपर फोरमा पुगेको हो।श्रीलंकाले समूह चरणमा बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको छ।

    उता, बंगलादेश पहिलो खेलमा श्रीलंकासँग पराजित भएकोमा दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

    सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार