Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतविरुद्ध नेपालको १०० रन पूरा


    सोमबार, भाद्र १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कपमा भारतविरुद्ध नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै सय रन पूरा गरेको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गरेका थिए ।

    भुर्तेलले ६ छक्का र तीन चौकासहित २५ बलमै ३८ रन बनाएर आउट भए ।

    दोस्रो विकेटका रुपमा भीम सार्की सात रनमै आउट भए भने तेस्रो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेल पाँच रनमै आउट भए ।

    नटआउट आसिफले ४४ रन बनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार