काठमाडौं । एसिया कप २०२५ सेप्टेम्बर ९ देखि सुरु हुँदैछ र यस पटकको प्रतियोगिता टी–२० ढाँचामा खेलाइने छ । एसिया कपको इतिहासमा भारत यस प्रतियोगिताको अहिलेसम्मको सबैभन्दा सफल टोली हो ।
तर पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टोलीले यसलाई सहज हुन दिएका छैनन् । यस प्रतियोगिताको इतिहासमा यस्ता धेरै खेल भएका छन्, जसले क्रिकेट फ्यानहरुको मुटुको धडकन निकै ढुकढुकाएको थियो । उसो भए, अब जानौँ यस्ता ५ ऐतिहासिक र रोमाञ्चक खेलका बारेमा, जसले अन्तिम समयमा आश्चर्यजनक जीत हासिल गरेका थिए ।
भारत बिरूद्द पाकिस्तान ( एशिया कप २०१०)
एसिया कप २०१० मा भारत र पाकिस्तानबीचको खेल क्रिकेट इतिहासकै सबैभन्दा रोमाञ्चक क्षणहरूमध्ये एक थियो। अन्तिम ओभरमा भारतलाई जितका लागि ३ रन आवश्यक थियो र भारतीय स्पिन बलर हरभजन सिंह स्ट्राइकमा थिए। खेल हातबाट बाहिर गइरहेको देख्दा भज्जीले छक्का प्रहार गर्दै भारतलाई शानदार जित दिलाए । यसपछि हरभजन र शोएब अख्तरबीचको चर्को बहसले माहौललाई थप तातो बनायो ।
पाकिस्तान बिरूद्द बंगलादेश ( फाइनल, एशिया कप २०१२)
एसिया कप २०१२ को फाइनलमा बंगलादेश र पाकिस्तान आमनेसामने भएका थिए। यस खेलमा बंगलादेश जितको निकै नजिक थियो। टोलीले खेलको सुरु देखि नै आफ्नो दबदबा कायम गरेको थियो । तर, अन्तिम समयमा पाकिस्तानले बलियो कमब्याक गर्दै बंगलादेशसँग २ रनले जित खोसेको थियो । यो पराजय बंगलादेश क्रिकेट इतिहासकै सबैभन्दा पीडादायी क्षण बन्यो ।
भारतबिरुद्ध पाकिस्तान ( एशिया कप २०१४)
सन् २०१४ को भारत–पाकिस्तान खेल पनि फ्यानका लागि हृदयविदारक थियो । पहिले ब्याटिङ गरेको भारतले २४५ रन बनाएको थियो । अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि १० रन आवश्यक थियो। भारतीय कप्तान एमएस धोनीले रविचन्द्रन अश्विनलाई बल दिए तर शाहिद अफ्रिदीले आफ्नो ओभरमा लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई १ विकेटले जित दिलाउन सफल भएका थिए।
भारतबिरुद्धअफगानिस्तान ( एशिया कप २०१८ं)
अफगानिस्तानले एसिया कप २०१८ मा भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो। भारतले पहिले ब्याटिङ गर्दै २५२ रन बनाएको थियो। अफगानिस्तानका ब्याट्सम्यानले खेललाई अन्तिम बलसम्म तान्दै खेल बराबरीमा ल्याएका थिए । यो ड्र भारतका लागि स्तब्ध र अफगानिस्तानका लागि ऐतिहासिक जीत बन्न पुगेको थियो।
पाकिस्तानबिरुद्ध अफगानिस्तान (एशिया कप २०२२)
सन २०२२ मा अफगानिस्तानले पाकिस्तानलाई १ सय ३१ रनको मात्र लक्ष्य दिएको थियो तर अफगानिस्तानका बलरहरूले आफ्नो उत्कृष्ट बलिङले अचम्मको काम गरे । पाकिस्तानका ब्याट्सम्यान अन्तिम ओभरसम्म दबाबमा थिए । यस खेलमा पाकिस्तानको जित कठिन देखिएका बेला नसिम शाहले लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई १ विकेटले जित दिलाएका थिए ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend