Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल र भारतबीचको म्याच हेर्न वीरगन्जका विद्यालय बन्द


    सोमबार, भाद्र १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • वीरगन्ज। नेपाल र भारतबीचको खेल हेर्नका लागि वीरगन्ज महानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालयहरु बन्द गर्ने भएको छ ।

    एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीस्थित पल्लेके स्टेडियममा दिउँसो सवा ३ बजेदेखि सुरु हुँदैछ । खेल हेर्नकै लागि वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाले सूचना जारी गरी सामुदायिक र संस्थागत विद्यालयहरु सोमबार दिउँसो २ बजेपछि बन्द गर्ने निर्णय गरेको हो ।

    उक्त खेल हेर्नका लागि मधेस प्रदेशकै जनकपुरधाम उपमहानगरपालिकाले पनि २ बजेपछि त्यहाँ रहेका सबै विद्यालयहरु बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

    आजको खेल नेपाल र भारतका लागि निकै महत्वपूर्ण मानिएको छ। घरेलु टोली पाकिस्तानसँग पहिलो खेलमा पराजय बेहोरेको नेपाल भारतविरुद्ध जित निकाल्दै अघिल्लो चरणमा पुग्ने अभियानमा छ।

    वर्षाका कारण पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको आठ पटकको विजेता भारतलाई पनि सोमबारको खेल जित्नैपर्ने दबाब छ। त्यसैले दुवै टोलीका लागि यो खेल ‘गर या मर’को स्थिति छ।

    नेपाल र भारतको सिनियर टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको करिब तीन दशकपछि नेपालको सिनियर टोलीले पहिलो पटक भारतसँग खेल्ने अवसर पाएको हो। त्यसैले छिमेकी राष्ट्र भारतसँगको खेललाई यादगार बनाउने अभियानमा नेपाल छ। तर, सोमबार हुने नेपाल र भारतबीचको खेल वर्षाले बिथोल्न सक्ने मौसमविद्ले जनाएका छन्।

    मौसम विभागका अनुसार केन्डीस्थित पाल्लेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण खेल रद्द भएमा भारत सुपर फोरमा चरणमा पुग्नेछ। पाकिस्तान समूह विजेता बन्दा दुई अंकसहित भारत दोस्रो र एक अंकसहित नेपाल तेस्रो स्थानमा रहने छन्।

    एसिया कपको सर्वाधिक सफल टोली भारतलाई पराजित गर्न नेपालले निकै मेहनत गर्नुपर्ने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार