Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति


    सोमबार, भाद्र १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनको अनुगमन गर्न ५ सदस्यीय अनुगमन समिति बनाएको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको सो पार्टीले जनाएको छ ।

    सोमबार बसेको पार्टीको सचिवालय बैठकले गठन गरेको उपाध्यक्ष राजेन्द्र पाण्डे नेतृत्वको समितिको सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र गरिमा शाह रहेका छन् । अर्का एक सदस्य भने विषयविज्ञ रहने बताइएको छ ।

    एकीकृत समाजवादीले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार