Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदीप ज्ञवालीको आरोप- प्रधानमन्त्रीले नै जातीय विद्वेषको आगो लगाउँदै हिँडे


    शनिबार, भाद्र १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल। विपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक भड्काउमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ‘मलाई जिताउ जातीय राज्य बनाइदिन्छु’ भन्दै सामाजिक सद्भाव र जातीय पहिचान भत्काएर जातीय विद्वेषको आगो लगाएको उनको भनाइ थियो ।

    बुटवलमा आज सुरु एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक सद्भाव भड्काउन लागेपछि सामाजिक सद्भाव भत्कँदै गएका उदाहरणहरु देखिन थालेको बताए । ‘प्रधानमन्त्री नै जातीय विद्वेषको आगो लगाउँदै हिँडेपछि तलका मान्छेले के गर्ने ? सामाजिक सद्भाव बिग्रँदै गएको छ,’ उनले भने ।

    उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री दाहालले केही नयाँ काम गर्न नसकेको र देशलाई संकटमा मात्रै फसाएको आरोप लगाए । देश आर्थिक मन्दीको संकटमा फसेको भन्दै उनले इतिहासमा राजस्वले सरकारको खर्च धान्न नसक्ने गरी आर्थिक संकट आएको बताए । विकास निर्माण रोकिएको, अघिल्ला वर्ष नै काम गरेका निर्माण व्यवसायीले पैसा नपाएको, व्यवसाय ठप्प हुँदा उद्योगधन्दा बन्द हुँदै र सटर खाली हुँदै गएका एवं व्यवसायीहरु आत्महत्या गर्न बाध्य भएको कहालीलाग्दो अवस्था आएको उनको दाबी छ ।

    भारत भ्रमणमा गएर भारतकै अनुकूलको जलविद्युत् सम्झौता गरेर तोमशरणम् भनेजस्तै प्रधानमन्त्रीमा टिकिरहने मात्रै प्रपञ्च गरेको उनको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार