काठमाडौं। प्रतिपक्ष नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ । एमालेले केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोदनारायण यादवलाई केन्द्रीय कमिटीबाट हटाएको हो।
उनीहरूले नै पार्टी केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेकाले केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको एमालेले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा उल्लेख गरिएको छ।
यस्तै स्वास्थ्य लगायतका कारण अन्य चार केन्द्रीय सदस्यलाई पनि केन्द्रीय कमिटीबाट बिदा गरिएको एमालेले जनाएको छ। एमालेको अपानिअनुसार केन्द्रीय सदस्यहरू अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई केन्द्रीय सदस्यबाट हटाइएको हो।
यस्तै लामो समयदेखि पार्टीको काममा संलग्न नदेखिएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने एमालेको अपानिमा उल्लेख गरिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend