काठमाडौं । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पार भइसकेको मोटरसाइकलको ब्रेक सूको नाममा हङकङबाट भित्रिएको १ क्वीन्टल सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेपछि एकपछि अर्को त्यसका रहस्यका पर्दाहरु खुलिरहेका छन् ।
यसअघि २२ पटक हङकङबाट फरक फरक एयरलाइन्सका विमान प्रयोग गरी ब्रेक सू त्रिभुवन विमानस्थलबाट आयात गरिएको थियो । हङकङबाट यसअघि कहिल्यै ब्रेक सू नभित्रिएकाले भन्सार कार्यालयदेखि नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको सेटिङमा २२ पटक नै सुन भित्रिएको सहजै अनुमान गर्न थालिएको छ । नेपालमा ब्रेक सू भित्र राखेर सुन तस्करी गर्ने राकेश अडुकिया भएको उनको ट्राभल हिष्ट्रीले पनि पुष्टि गरेको छ । अझ नेपालमा बैंक, वित्तीय संस्थाको संचालक रहेका र अरबौका सेयर कारोबार गर्ने अडुकियाले भारतीय राहदानी प्रयोग गरेको खुलेको छ । अडुकिया पूर्वअर्थमन्त्री जनार्दन शर्माका निकट ब्यापारीका रुपमा चिनिन्छन् ।
विमानस्थल भन्सारका प्रमुख अरुण पोखरेल पनि जनार्दन शर्माकै निकट मानिन्छन् । शर्माले नै पोखरेललाई बीरगंजको भन्सार प्रमुखमा सरुवा गरेका थिए । बीरगंजबाट विमानस्थल भन्सारमा पनि शर्माले नै ल्याएका थिए । पोखरेल ब्रेक सुको नाममा सुन भित्र्याउँदा नाटकीय ढंगले बिदामा बसेका थिए । तर अडुकियासँग सुनको सेटिङ भइसकेपछि उनी बिदा बसेको आरोप छ । पोखरेल बीरगंजमा हुँदा पनि तस्करीको लाइन दिएर बिदामा बस्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
सुन तस्करीमा अडुकियादेखि दावासम्म
क्वीन्टलका क्वीन्टल सुन तस्करी प्रकरणको लहरो तन्किरहेको छ । सुन तस्करीको लहरोमा माओवादीका एकपछि अर्को नेता तानिंदैछन् । इलेक्ट्रिक चुरोट (भेप)मा सुन तस्करी गर्ने चिनियाँ नागरिक डाजिङ वाङसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम मुछिएको थियो ।
साउन २ गते बरामद भएको सुनको लहरो अर्का माओवादी नेता बर्षमान पुनसँग जोडिन पुगेको छ । राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ मा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेसँगै सुन तस्करीको कनेक्सन माओवादी नेता बर्षमान पुनसँग जोडिन पुगेको हो ।
१ क्वीन्टल सुन राजस्वले बरामद गरेपछि गृहमन्त्री श्रेष्ठले तस्करीमा संलग्न जोकोहीलाई नछोड्ने चर्का भाषण गरिरहेका छन् । तर सुन तस्करी प्रकरणमा जोडिएका माओवादीका नेताद्वय बर्षमान पुन र कृष्णबहादुर महरालाई कारबाही गर्लान् ?
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend