Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • योगेश भट्टराईको चेतावनी: सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने


    आइतबार, साउन १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् ।

    आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको टिप्पणी गरे । ७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको भट्टराईले अगाडि भने, ‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो, तर ३ महिनासम्म हुन सकेको छैन ।’

    भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उनले आफूहरुले कुनै बार्गेनिङ नगरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार