Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घाँटी रेटेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ


    बुधबार, साउन १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा। बारामा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका-६ सिम्रौनगढ बजारकी २२ वर्षीया आसमिन खातुनको हत्या आरोपमा प्रहरीले २६ वर्षीय भारतीय नागरिक राजा भन्ने अमिनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

    एक वर्षदेखि माइतीमा बस्दै आएकी आसमिनलाई अमिनुल्लाहले घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक जितेन्द्र साहले जानकारी दिए । अमिनुल्लाहले घरभित्र जबर्जस्ती प्रवेश गरी ढोका बन्द गरी आसमिनको हत्या गरेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार