Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा वृद्धाको हत्या


    मंगलबार, मंसिर २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैतडीमा धारिलो हतियार प्रयोग गरी एक वृद्धाको
    हत्या गरिएको छ । सुर्नया गाउँपालिका- ३ को बिजुलमा ६१ वर्षीया हरिना बिस्टलाई धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको हाे ।

    ३२ वर्षीय तेजबहादुर चन्दले वृद्धाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    बिस्टको शव क्षतविक्षत अवस्थामा घरको ढोकामा रहेको थियो । चन्दले बिस्टको घरमै गएर सब्बल, हँसियालगायतका धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

    घरमा कोही नभएको मौका छोपेर चन्दले उनकाे हत्या गरेपछि गोठका २ वटा बाख्रा समेत मारेको बताइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार