Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या


    आइतबार, माघ २१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

    उनले आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रहरीले जनाएको छ । विकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं.१ मा बास बसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार