Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश, एक विधेयक फिर्ता


    शनिबार, असार ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औँ बैठकमा दुई विधेयक पेश भएका छन्। आज दिउँसो बसेको बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयले प्रदेशसभाका पेश गरेका हुन् ।

    स्वास्थ्य मन्त्री राजु खनालले पेश गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका लागि पेश गरेका थिए। त्यसै गरी एक विधेयक भने फिर्ता भएको छ ।

    लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो । प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिवारको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीको तर्फबाट आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेयले फिर्ता गर्ने प्रस्ताव पेश गरे ।

    सभामुख घर्तीले दोस्रो अधिवेशनको २० औँ बैठक साउन ८ गते बस्ने गरी १९ औँ बैठकको समापन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार