Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेशसभाबाट स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित


    शुक्रबार, साउन १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लुम्बिनी प्रदेशसभाले स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेशसभाको आज सम्पन्न दोस्रो अधिवेशनको २३औं बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

    सामाजिक विकास समितिको तर्फबाट अघिल्लो बैठकमा प्रतिवेदनसहितको विधेयक सभामा प्रस्तुत गरिएको थियो । प्रदेशसभा बैठकमा स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    सभामुख तुलाराम घर्तीले विधेयकलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दै विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे । आगामी बैठक सूचना टाँस गरेर जानकारी दिनेगरी शुक्रबारको बैठक सम्पन्न भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार