Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको रुपमा भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट छैनः योगेश भट्टराई


    सोमबार, असार २५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको नभएको बताएका छन् ।

    प्रचण्डले पारिवारिका सदस्यका बारेमा ब्यहोरेका पीडा संवेदनशील भएको उल्लेख गर्दै भट्टराईले लेखेका छन्–‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले ब्यहोरेका पीडा सँवेदनशील छन् । उहाँका ती पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ ।

    तर प्रधानमन्त्रीका रुपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चाहिँ छैन है । हेक्का रहोस् ।

    हामीले उहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौं । हामी अरु केही जस्तो निर्दयी होइनौं र छैनौं ।

    तर देशको प्रधानमन्त्रीको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन् ।’

    प्रधानमन्त्री प्रचण्डले सोमबार दिवंगत छोरी ज्ञानुको प्रसंग निकाल्दै एक कार्यक्रममा भनेका थिए–‘म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनेँ । मनमा आयो भनेँ । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वभाविक कुरा‘ प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपथ्र्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार