Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • योगेश भट्टराईको दाबी- एमाले सिद्धान्त र व्यवहारमा अब्बल पार्टी हाे


    शुक्रबार, असार २२ २०८०
    1.7K
    Shares
    '
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव एवंम मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको दाबी गरेका छन्।

    पार्टी कामको सिलशिलामा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन्। ‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ,’ उनले भने,‘पार्टीले अङ्गिकार गरेको जनताको बहुदलीय जनवाद माक्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ।’

    उनले पार्टीको सिद्धान्त र व्यवहार सहि भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रुपमा रहेको पनि बताए।

    ‘एमाले जनताको मनमा बसेको पार्टी हो,’ उनले भने, ‘गत संसदीय निर्वाचनमा विपक्षीहरुको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनाएका हुन्।’

    उनले चुनावमा विपक्षीहरुले गठबन्धन नगरकेो भए एमालेले प्रत्यक्षतर्फ पनि थप २०-२५ सिट बढी जित्ने दाबी पनि गरे। उनले राष्ट्रियताको बारेमा एमालेले अबलम्बन गरेको नीतिका कारण पनि देशको स्वभिमान उच्च हुदै गएको बताए। आफूहरुले छिमेकी भारत र चीन दुबैको प्रभावमा नपरी राष्ट्रिय स्वाधिनताको लागि काम गरेको भट्टराईकाे दाबी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार