Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एनसेलमा भारतीय नागरिक श्रीवास्तवको दादागिरी, आईटीमा कार्यरत बराल जागिरबाट निस्कासित


    बिहिबार, असार २१ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विदेशी नागरिकलाई कानुन बिपरीत कर्मचारी राखेको एनसेलका मानवस्रोत (एचआर) प्रमुख युवराज श्रीवास्तवले आईटी विभागमा कार्यरत विनोद बराललाई जागिरबाट निस्कासन गरेका छन् । होली खेलेको निहुँमा उनलाई निस्कासन गरिएको हो । होलीमा विवाद गरेको निहुँ पारी भारतीय नागरिक श्रीवास्तवले उनलाई निस्कासन गरेका हुन् ।

    बराल एनसेलमा स्वतन्त्र मजदुर युनियनमा आवद्ध रहेका थिए । उनले श्रीवास्तवको स्वार्थअनुसार चल्न नमानेपछि होलीको निहुँ पारी श्रीवास्तवले उनलाई निस्कासन गरेका छन् । एनसेलमा एमालेनिकट जिफन्टमा आवद्ध मजदुर युनियनमात्र छ । श्रीवास्तवले एमाले बाहेकको ट्रेड युनियन कांग्रेससँग निकट मजदुर युनियन खोल्न लागेका छन् । नेपाली कांग्रेस निकट युनियन खोलेर आफ्नो स्वार्थ अनुसार चलाउने र एनसेलमा समस्या पैदा गराउने र आफ्नो पल्ला भारी बनाइराख्ने चलखेलमा युवराज लागेका छन् ।

    अन्यायपूर्वक निस्कासन गरिएका बराल पुनर्वहालीको माग गर्दै श्रम अदालत जाने तयारीमा छन् । एनसेलमा नयाँ सीईओका रुपमा जब्बोर कयुमोव आएका छन् । नयाँ सीईओ आएपछि श्रीवास्तवले समस्या पैदा गर्ने काम मात्रै गरिरहेका छन् । नयाँ सीईओका सामु समस्या पैदा गर्न र टिकिरहन नयाँ युनियन खोल्ने तयारी श्रीवास्तवले गरेका छन् । पहिलाका सीईओलाई समस्या पैदा गरेरै कब्जामा राखेका भारतीय नागरिक श्रीवास्तवले नयाँ सीईओ आएपछि पनि उनलाई प्रभावमा पार्न नयाँ युनियन खोल्न मजदुर उचाल्ने काम गरेको आरोप छ ।

    एनसेलमा कार्यरत भारतीय नागरिक युवराज श्रीवास्तवले नेपालको ऐन कानुनलाई चुनौती दिंदै पर्यटक भिसामा आएका विदेशी नागरिकलाई कर्मचारीका रुपमा काम लगाउँदैआएको बिषयमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले निर्देशन दिंदा पनि उद्योग विभागले बेवास्ता गर्दैआएको छ । एनसेलको उच्च तहमा नेपाली कामदारहरुलाई आउनै नदिन विभिन्न शक्तिकेन्द्रसँग पहुँच देखाउँदै श्रीवास्तवले नेपालको श्रम कानुनलाई चुनौती दिंदै बिदेशीलाई कानुन बिपरीत राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार